Homeअर्थव्यवस्थादशैं सम्म सबै होटल बन्द हुने, कामदारले १२.५ प्रतिशत मात्रै तलव पाउने

दशैं सम्म सबै होटल बन्द हुने, कामदारले १२.५ प्रतिशत मात्रै तलव पाउने

Sagun Sandesh

काठमाडौं । कोरोना भाइरसको प्रभावका कारण आगामी ६ महिनाका लागि सम्पूर्ण होटल व्यवसाय बन्द गर्ने होटल संघले निर्णय गरेको छ ।

होटल व्यवसायमा आवद्ध ठूलो संख्याका श्रमिक र उनीहरुका आश्रित परिवारको व्यवस्थापनका लागि होटल बन्द भएको अवधिमा प्रत्येक महिनाको आधारभूत तलवको १२ दशमलब ५ प्रतिशत रकम उपलब्ध गराउने निर्णय समेत संघले गरेको छ ।

कोरोना भाइरसको संक्रमण र जारी लकडाउनका कारण होटल व्यवसायमा नराम्रो प्रभाव परेको निष्कर्ष सहित संघले ६ महिनाका लागि होटेल व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

आगामी १ वर्षसम्म पनि निर्बाध रुपमा होटल व्यवसाय संचालन हुन नसक्ने समेत संघको ठहर छ ।

संघको निर्णय बमोजिमको सुविधा लिन अस्वीकार गर्ने कर्मचारीको हकमा भने श्रम ऐनको व्यवस्था बमोजिम कर्मचारी कटौतीको प्रकृया अघि बढाइने जनाइएको छ । होटल संघले निर्णय गरेको १२.५ प्रतिशत तलबमा थप गरी श्रमिकहरुलाई जब रिटेन्स फन्ड मार्फत् सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय समेत गरिएको होटल संघकी अध्यक्ष सृजना राणाले बताउनुभयो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय