Homeअर्थव्यवस्थाअर्थमन्त्रीले जारी गरे श्वेतपत्र:अर्थतन्त्रको आधार कमजोर, सरकारी कोषमा डेढ खर्ब घाटा

अर्थमन्त्रीले जारी गरे श्वेतपत्र:अर्थतन्त्रको आधार कमजोर, सरकारी कोषमा डेढ खर्ब घाटा

Sagun Sandesh

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरेका छन् । अर्थतन्त्रको आधार निकै कमजोर रहेको विश्लेषण सुनाउँदै उनले लक्षित आर्थिक वृद्धिद्धर हासिल हुन नसक्ने बताए बताएका छन् ।

मन्त्री शर्माले आर्थिक वर्ष २०७६।७७ भन्दा अगाडि औषत ७ प्रतिशतले हासिल गर्दै आएको आर्थिक वृद्धि कोरोना जोखिमले हासिल गर्न नसकेको बताए ।

सरकारले गत आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भएपनि २.१ प्रतिशतले ऋणात्मक रहेको बताउँदै यस पटक पनि लक्ष्य हासिल गर्न नसकिने बताए । कोभिड मुख्य कारक रहेको र विगत सरकारका कमजोरी पनि रहेको बताए ।

त्यस्तै आर्थिक वर्ष २०७७।७८ मा राखिएको ७ प्रतिशतको लक्ष्य समेत हासिल नहुने शर्माले उल्लेख गरेका छन् ।

शर्माले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६।७७मा २ खर्ब १६ पुगेको जानकारी दिए ।

‘आर्थिक वर्ष २०७७र७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ उनले स्वेतपत्रमा भनेका छन् ।

नेपालमा मुद्रास्फिति भने नियन्त्रित सीमाभित्र रहेको अर्थमन्त्रीको भनाइ छ । गत वर्ष ५ प्रतिशत रहेको मुद्रास्फिति चालु आर्थिक वर्ष ३.६ प्रतिशतको सीमाभित्र रहेको बताएका छन् । उपभोग, वचत तथा पुँजी निर्माणले अपेक्षित गति लिन नसकेको शर्माले बताए । केपी ओलीको सरकारले पनि पुँजीगत खर्च गर्ने सवालमा कमजोर देखिएको उनले बताए ।

उनले मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको बताएका छन् ।

आर्थिक वर्ष अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुसास थिथोलिएको शर्माले स्वेतपत्रमा उल्लेख गरेका छन् । यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सठडककमा लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको स्वेतपत्रमा उल्लेख गरेका छन् ।

बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको शर्माले बताएका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय