Homeसमाचारनेपालमा शुक्रबार २ हजार बढी कोरोना संक्रमित थपिए, ३४ जनाको मृत्यु

नेपालमा शुक्रबार २ हजार बढी कोरोना संक्रमित थपिए, ३४ जनाको मृत्यु

Sagun Sandesh

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार २९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप ३४५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् ।

नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोनाको संक्रमणबाट थप ३४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १।५ प्रतिशत रहेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय