Homeअन्तर्राष्ट्रियसरकारलाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई तालिबानको अपील

सरकारलाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई तालिबानको अपील

Sagun Sandesh

काठमाडौँ। तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएन टीभिलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गरेका हुन् ।

शहीनलले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने जनाएका हुन् ।

शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त गरिएका चिन्ता  निराधार भएको बताए ।

तालिबानी सरकार महिलालाई पढ्ने, लेख्ने र काम गर्ने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि उनले जनाएका छन् ।

उनले अन्तर्राष्ट्रिय मौद्रिक संस्थामा नयाँ सरकारका लागि ‘फण्ड रिलिज’ गर्न आग्रह पनि गरेका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय