Homeअन्तर्राष्ट्रियकाबुल विमानस्थल विस्फोटमा परी मृत्यु हुनेको संख्या १७०पुग्यो

काबुल विमानस्थल विस्फोटमा परी मृत्यु हुनेको संख्या १७०पुग्यो

Sagun Sandesh

एजेन्सी । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा बेलायतका नागरिकको समेत ज्यान गएको पुष्टि भएको छ ।

बेलायतले काबुल विमानस्थल बाहिर भएको हमलामा आफ्ना दुई जना नागरिकको ज्यान गएको बताएको बीबीसीले जनाएको छ ।

दुई जना बेलायती नागरिकसहित यो घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १ सय ७० पुगेको बीबीसीले जनाएको छ ।

घटनामा डेढ सयभन्दा धेरै घाइते भएका छन् । बिहीवार राति भएको आत्मघाती बम विस्फोटको जिम्मा आतङ्कवादी सङ्गठन आईएसले लिएको छ ।

यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट पछि पनि उद्धार कार्य जारी नै रहने बताउनु भएको छ ।

उहाँले आफ्नो मिसन पूरा गर्नै पर्ने र त्यो जसरी पनि गर्ने बताउनु भएको छ ।

राष्ट्रपति बाइडेनले विस्फोटमा संलग्नहरूलाई कारबाही समेत हुने दाबी गर्नु भएको छ । बम विस्फोटपछि पनि देश छाड्न चाहने हजारौँ मानिस विमानस्थल बाहिर जम्मा भएका छन् ।

विमानस्थल बाहिरको क्षेत्र तालिबानले नियन्त्रण लिएर सुरक्षा दिने प्रयास गरिरहेको खबरमा उल्लेख छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय