Homeअन्तर्राष्ट्रियविश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघ्यो

Sagun Sandesh

एजेन्सी । विश्वभर कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४५ लाख नाघेको छ । हालसम्म विश्वभर ४५ लाख ५० हजार ६२० सङ्क्रमितको मृत्यु भएको ए एफ पीले जनाएको छ ।

जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० सङ्क्रमितको मृत्यु भएको थियो । गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ ।

यस वर्षको जनवरीमा अमेरिकामा प्रति दिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो सङ्ख्या ग्रीष्मऋतुको सुरुसम्ममा घटेर २०० मा झरेको थियो ।

पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको हो । अति सङ्क्रामक क्षमता रहेको ‘डेल्टा भेरियन्ट’ जुन अप्रिलमा भारतमा पहिचान भएदेखि विश्वभरका अधिकांश देशहरूमा फैलिएको छ ।

यस महामारीले सन् २०२० को तुलनामा सन् २०२१ मा बढी मृत्युको दाबी गरिसकेको छ । गत वर्ष समग्रमा १९ लाखभन्दा कमको महामारीका कारण मृत्यु भएको थियो ।

गत बर्षको तुलनामा जनवरी देखि अहिलेसम्म आधिकारिक रूपमा दर्ता गरिएका सङ्क्रमित मृतकहरूको सङ्ख्या २६ लाखभन्दा बढी भएको बताइएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय