Homeअन्तर्राष्ट्रियअकस सम्झौताबाट रुष्ट फ्रान्सले ग्रीससँग गर्‍याे अर्काे रणनीतिक सहमति

अकस सम्झौताबाट रुष्ट फ्रान्सले ग्रीससँग गर्‍याे अर्काे रणनीतिक सहमति

Sagun Sandesh

एजेन्सी– फ्रान्स र ग्रिसबीच रणनीतिक सुरक्षा साझेदारी गर्ने सहमति बनेको छ । फ्रान्सको राजधानी पेरिसस्थीत राष्ट्रपति भवनमा आयोजित संयुक्त पत्रकार सम्लेलनमार्फत दुई देशका शिर्ष नेताहरुले यसबारे जानकारी गराएका हुन् ।

नयाँ सुरक्षा सम्झौता अनुसार ग्रिसले फ्रान्ससँग कम्तिमा ६ वटा आधुनिक युद्धपोत खरिद गर्ने छ । यो सँगै फ्रान्सले ग्रिसलाई प्रतिरक्षा प्रणालीमा पनि सहयोग गर्ने छ । दुई देशबीचको सम्झौतालाई ग्रिसका प्रधानमन्त्री क्रियाकोस मित्सोताकिसले युरापेली रक्षा स्वाधिनताको बाटोमा पहिलो पाइला भएको बताएका छन् ।

फ्रान्सले आगागी ५ वर्षभित्र यी युद्धपोतहरु ग्रिसलाई उपलब्ध गराउनेछ । अमेरिका, अष्टे«लिया र बेलायतबिचको त्रिपक्षीय अकस सुरक्षा सम्झौताबाट रुष्ट फ्रान्सले ग्रिससँग नयाँ सम्झौता गर्दै यसको जवाफ दिएको हो ।

फ्रान्सले यसअघि नैं विश्वमा सैन्य साझेदारीमा बदलाब आउनसक्ने र पुराना गठबन्धनबिच असन्तुलन पैदा हुनसक्ने चेतावनी दिएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय