टोकियो । जापानको राजधानी टोकियोमा शुक्रवार २० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । टाेकियाेमा हिजाे २८ जना संक्रमित फेला परेका थिए ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि २० जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ।शुक्रवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार ३ सय ४३ पुगेको छ ।