Homeजापान विशेषताईफु–१२ काे जापानभर असर पर्न सक्ने अनुमान

ताईफु–१२ काे जापानभर असर पर्न सक्ने अनुमान

Sagun Sandesh

टोकियो । ताईफु १२ जापानको दक्षिणी सामुद्रिक तट हुँदै उत्तरतर्फ अघि बढिरहेको छ ।

२३ तारिख दिउँसोबाट जापानमा यसले असर देखाउन सक्नेछ । जसको असरस्वरुप पश्चिम तथा पुर्वी जापानको प्रशान्त क्षेत्रहरुमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । मौसम विभागका अनुसार भारी वर्षाको प्रवल सम्भावना रहेकाले त्यसले अन्य क्षतिहरु (बाढी/पहिरो तथा डुवान) निम्त्याउन पनि सक्दछ । त्यसैले ताईफुसंग सम्बन्धित पछिल्ला सुचना तथा समाचारहरुबारे जानकारी लिँदै गर्नुहोला । किनकी ताईफुको क्षमता र प्रभाव पार्नसक्ने क्षेत्र पूर्वानुमान गरेभन्दा फरक हुन पनि सक्नेछ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय