टोकियो । जापानकाे राजधानी टोकियो, चिबा, साईतामा र खानागावा केनमा हाल कायम आपतकालिन अवस्था दुई साताका लागि थप हुन सक्ने भएको छ ।
आपतकालिन अवस्थाको पूर्वनिर्धारित समयसीमा नजिकैदै गर्दा कोरोना संक्रमणकाे संख्यामा उल्लेख्य रुपमा कमि आउन नसकेपछि बुधबार साँझ प्रधानमन्त्री सुगाले आपतकालिन अवस्था २ साता थप गर्नेतर्फ संकेत गरेका हुन् । विज्ञहरुसंगको छलफल तथा अवस्थाको मुल्यांकन गरि थप २ साता थप्ने तयारी गरेको जापानी संचार माध्यमहरुले जनाएका छन्।