Homeजापान विशेषफोनिज जापानको अधिवेशनबाट फुर्वा शेर्पाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित

फोनिज जापानको अधिवेशनबाट फुर्वा शेर्पाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित

Sagun Sandesh

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जापानको तेस्रो अधिवेशनबाट फुर्वा शेर्पाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा शशिकला मोक्तान, सचिवमा सजिना मोक्तान, सहसचिवद्धयमा भबिन्द्र कुलुङ राई र शान्तमान शाक्य र कोषाध्यक्ष श्याम मगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा इन्द्र लामा, रेशम थामी, राजु गुरुङ, सबिन थापा मगर र स्मृति मोक्तान छन् ।

भर्चुअलमाध्यमबाट हिजो (आईतवार) भएको कार्यक्रममा प्रमुख अतिथीमा फोनिजका केन्द्रीय अध्यक्ष डन्ड गुरुङ, विशेष अतिथि अतिथी उप–राष्ट्रपतिका प्रेस सल्लाहकार समेत रहेका फोनिजका महासचिव मनोज घर्ती मगर लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ सस्थाका अध्यक्षहरुले शुभकामना ब्यक्त गर्दै फोनिजको स्थापना र यसले खेलेको भूमिका र जिम्मेवारी निभाउदै समुदाय र सस्थाको हितका लागि सदैव क्रियाशिल भई भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय