टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि वर्तमान प्रवक्ता सिद्धार्थ श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
गैर आवासयि नेपाली संघ (एनआरएनए) जापानमा रहेका बेथितिका विरुद्ध श्रेष्ठले सामाजिक संजाल मार्फत सन् २०२१–०२३ का लागि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
उहाँले एनआरएनए जापानको धमिलिएको छवि, विगतका गलत संस्कार र हाल देखापरेका नकरात्मक पक्षहरुलाई सही बाटोमा ल्याउनका लागि आफूले उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो ।
एनआरएनए जापान भित्र अनियमितता भएको आशंका भएपछि छानविनका लागि प्रवक्ता श्रेष्ठले आवाज उठाउनु भएको थियो । उहाँले विभिन्न माध्यमबाट आर्थिक अनियमितता भएको सार्वजनिक गरेपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) ले ५ सदस्यिय उच्च स्तरिय छानविन समिति बनाएको थियो । उक्त समितिले गत जुन ६ तारिक टोकियोमा सन् २०१७ देखि २०२० सम्म विभिन्न शिर्शकमा आनियमितता भएको विवरण र सुझाव सहितको प्रतिवेदन आईसीसीलाई हरुतान्तरण गरेको थियो ।
छानविन समितिको माग पछि धम्की तथा गुनासाहरु
कार्यसमितिको प्रवक्ता भईरहँदा संस्थामा देखापरेका लापरवाही र विभिन्न प्रकाकरका अनियमितता देखा परेपछि आफुले छानविनको माग गरेको बताउँदै श्रेष्ठले उहाँँकै शब्दमा भन्नुभयो,“पटक–पटक आर्थिक अनियमितताका कुरा उठ्दा पनि जवाफदेही नबन्दा र एक पछि अर्को गर्दै प्रश्न मात्र तेर्सिई रहने, उठेका प्रश्नलाई बेवास्ता गर्ने यि सबै कुराले आम नेपालीमा एनआरएनए जापान प्रतिको बिश्वास घट्दै गएको सन्दर्भमा आम रुपमा उठेका हरेक प्रश्नको जवाफ दिनु पर्दछ र कमि कमजोरी सच्याउँदै बिकृती र बिसंगतीको अन्त्य हुन पर्दछ भनने मान्यताका साथ यि सबैकुरा बाहिर ल्याएको हुँ । यि बिषय बाहिर ल्याएकोमा एनआरएनएका स्वाद लिई सकेका केही ब्यक्तिहरूबाट धम्कीपूर्ण अभिव्यक्ति खेप्दै आएको छु भने कसैको यस्तो गर्न हुने थिएन भन्ने गुनासो, यस्ता कुराले म कत्ति पनि बिचलन हुने छैन ।”
एउटै ब्यक्तिको पटक–पटक उम्मेद्वारी किन ?
एनआरएनए जापानमा देखारेका आर्थिक तथा विभिन्न प्रकारका समस्याहरुलाई सही बाटोमा ल्याउन र जवाफदेही बन्नका लागि आफू यस अभियान बाट भाग्ने छुट नभएको श्रेष्ठको तर्क छ । उहाँ भन्नुहुन्छ,“म यस अघि मनोनित भएर प्रवक्तामा आएको हुँ, अब निर्वाचित भएर आउँदा यि समस्याहरुलाई टुङ्गोमा पुर्याउन सजिलो हुन्छ, त्यसैले आम जापानबासी नेपालीहरुको माग बमोजिम महासचिवमा उममेद दिने निर्णय गरेको छु ।”
आईसीसी प्रति गुनासो
अनियमितत बारे उच्च स्तरिय छानविन समितिले प्रतिवेदन बुझाएपछि आईसीसीले एनारएनए जापानको निर्वाचन पूर्व निर्धारित जुलाई २५ मै गर्ने र जसका लागि पूर्व घोषित निर्वाचन समिति र अनुगमन समितिको समन्वयमा गर्ने परिपत्र गरेको छ । परिपत्रमा हालको समिति महाधिवेशन आयोजक नरहने र महाधिवेशन संचालनका लागि एक छुट्टै समिति बनाईने उल्लेख गरिएको छ । वर्तमान कार्यसमितिको तर्फबाट महासचिव र कोषाध्यक्षले प्रतिवेदन प्रश्तुत गर्ने र अध्यक्ष देवीलाल भण्डारीलाई निष्कृय रहन आईसीसीले निर्देशन गरेको छ ।
अनियमितता बारे प्रतिवेदनमा प्रष्ट पारे पनि आईसीसीले कारवाहीको प्रकृया अगाडि बढाउन सकेको छैन । “लहरो तान्दा पहरो थर्कने” डरले आईसीसीले कारवाही गर्न डराएको श्रेष्ठको आरोप छ । महाधिवेशन तथा निर्वाचन गर्नका लागि एनआरएनए जापानको समन्वय कमिटिले निर्णय लिने भनिएको छ, तर कतिपय सदस्यहरु अनियमितता भएको भनि प्रतिवेदनमा सार्वजनिक भएको सन् २०१७–२०२०का विचमा विभिन्न जिम्मेवारीमा रहेका ब्याक्तिहरु रहनुभएको छ । उक्त अवधिमा पदमा रहेका ब्याक्तिहरु पदमा रहँदा निश्पक्षताको प्रश्न उठ्न सक्ने भन्दै उक्त निर्णय सच्याउन आईसीसीलाई माग गरे पनि सुनुवाई हुन नसकेको उहाँको गुनासो रहेको बताउनु भयो ।
( सिद्धार्थ श्रेष्ठसंग गरिएको कुराकानीको सम्पादन गरिएको अंश)