टोकियो । जापानको राजधानी टोकियोमा बुधवार ९२० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण ३ जनाले ज्यान गुमाएको टोकियो महानगरले जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि टोकियो लगायतका स्थानहरुमा लगाईएको आपतकाल गत जुन २५ तारिक हटाएपछि पुनः संक्रमण दर बढ्न थालेका विवरणहरु आएका छन् । गत महिना यता बुधवार देखिएको संक्रमण संख्या उच्च रहेको बताईएको छ ।
बुधवार ४११ जनाको कोरोना भाईरसको जाँच गर्दा ७१ जनामा ईण्डियन म्यूटेन्टको (डेल्टा स्ट्रेन) फेला परेको महानगरले जनाएको छ ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। बुधवार दिउसो सम्म टोकियो महानगर भित्र उक्त संक्रमितको संख्या फेला परेको टोकियो महानगरपालिकाले जनाएको समाचारमा उल्लेख गरिएको छ ।