Homeखेलकुदटोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

Sagun Sandesh

एजेन्सी । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपले सुरु हुँदैछ ।

विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो हुन लागेको हो ।

कोरोना महामारीले अघिल्लो वर्ष हुन नसकेको यो ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नैं राखिएको छ ।

ओलम्पिकका केही खेलहरु दुई दिन अघि नैं सुरु भइसकेका छन् । तर औपचारिक उद्घाटन भने नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ ।

ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिहंले बोक्नेछिन् ।

नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।

गौरिकाले महिला १०० सय मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् ।

सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूह तथा एथ्लेटिक्सकी सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगेका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय