Homeजापान विशेषएनआरएनए जापानको निर्वाचन सम्पन्न, अध्यक्षमा शिव प्रसाद पौडेल निर्वाचित

एनआरएनए जापानको निर्वाचन सम्पन्न, अध्यक्षमा शिव प्रसाद पौडेल निर्वाचित

Sagun Sandesh

टोकियो । गैरआवासीय नेपाली संघ जापानको सन् २०२१-२३ कार्यसमितिको अध्यक्षमा शिव प्रसाद पौडेल विजयी हुनुभएको छ । जुलाई ३० तारिख (शुक्रबार) अनलाईन भाेटिङ प्रणालीबाट भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी पौडेलले ३ हजार ३८ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निटतम प्रतिष्पर्धी अनिता गुरुङ लामाले १ हजार ८ सय ६९ मत प्राप्त गर्नु भएको थियो । अध्यक्ष पदमा ५ जनाको उम्मदवारी रहेको थियो ।

निर्वाचन परिणाम अनुसार विजय हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा नबिन निउरे, उपाध्यक्षहरुमा महेश कुमार कटुवाल, राम थापा अनिल, राजकुमार अधिकारी र राम कृष्ण श्रेष्ठ, महिला उपाध्यक्षमा संगिता अधिकारी सुवेदी, महासचिवमा सिद्धार्थ श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण गैरे शर्मा, युवा संयोजकमा राकेश रुम्बा, सदस्यहरुमा चन्द्र कुमारी केसी, प्रकाश लामिछाने, राजु भण्डारी सुनिल, लक्ष्मी केसी महर्जन, मोहन सिंह मडै, भिमसेन राय (भीम रायमाझी) र दिलिप कँडेल हुनुहुन्छ।

यस्तै सचिवमा श्याम शितल, देवराज उप्रेती, महिला सचिबमा एलिजा भण्डारी, सह-कोषाध्यक्षमा दीपक सुनार र महिला संयोजकमा अन्जु भण्डारी भने यस अघिनै निर्विरोध निर्वाचित हुनुभएको थियो।

आईसिसि सदस्यहरुमा श्रवण कुमार सत्याल, रोबिन प्रसाद शेरचन, सुपेन्द्र घिसिङ, नर बहादुर थापा, लक्ष्मण बानियाँ र दीपक कार्की निर्वाचित हुनुभएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय