जापानका यामागुची प्रान्तको ईमाजु नदिमा पौडी खेल्ने क्रममा दुई नेपाली युवाको डुबेर मृत्यु भएको छ।
चार जना साथीहरु सगै पौडि खेल्न गएको मध्ये दुई जना पौडि खेल्ने क्रममा बेपत्ता हुन पुगेको यमागुची टेलिभिजनले अनलाइन समाचारमा जनाएको छ ।
मृत्यु हुनेमा गुल्मी ददल्काका करिव २० बर्षिया प्रितम खरेल र बाग्लुङ बिहुँका करिव ३० बर्षिया कृष्ण कँडेल रहेको स्थानियले जनाएकाछन। मृतक प्रितम डिपेन्टेन्ट र कृष्ण रेष्टुरेन्ट कामदार रहेको जानकारी प्राप्त भएको छ।
ईमाजु नदिमा पौडी खेल्ने क्रममा ४ बजेबाट ५: ३० बजेविचमा दुई जना बेपत्ता भएकोमा खबर पाएपछि सुरक्षाकर्मिले उद्दारगरि बाहिरनिकाल्दा बेहोसी अवस्थामा रहेका उनिहरु दुबैको मृत्यु हुन पुगेको बताईएको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ।