Homeलुम्बिनी प्रदेशनेपालगन्जमा नहुने भाे भण्डारा, राहत बाँडिने

नेपालगन्जमा नहुने भाे भण्डारा, राहत बाँडिने

Sagun Sandesh

नेपालगन्ज उपमहानगरपालिकाले सोमबार नेपालगन्जका पाँच ठाउँमा भण्डारा लगाउने निर्णय स्थगित भएको छ । विपन्नका लागि खाना खुलाउने कार्यक्रम भएपनि त्यसले भीड जम्मा हुने स्वास्थ्य र सुरक्षामा चुनौति देखिने भएपछि उपमहानगरपालिका पछि हटेको हो ।

मानिसहरु भीड लगाउने खालको कार्यक्रम गर्दै चौतर्फी रुपमा विरोध सुरु भएपछि भण्डाराको निर्णय स्थगित भएको छ । यद्यपि, उपमहानगरपालिकाले राहतका कार्यक्रम भने जारी राख्ने बताएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा आइतबार राहत वितरण गरिएको छ । वडा कार्यालय नजिक लामबद्ध मानिसहरुको दुरी राम्रै रहेपछि लाइनको पछाडि भागमा भने मानिसहरु नजिक नजिक लामबद्ध भएको देखिन्थ्यो ।

(नेपालगन्ज न्यूजबाट साभार)

Sagun Sandesh

भर्खरै

लोकप्रिय