काठमाडौं । नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
शुक्रवारबाट शुरू भएको केन्द्रीय कमिटि बैठकमा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिनुभएको हो । विपक्षी गठबन्धनमा रहेको नेकपा एमालेको माधव कुमार नेपाल पक्षका २३ निवर्तमान सांसदले प्रधानमन्त्रीमा काँग्रेस सभापति शेर बहादुर देउवलाई समर्थन गर्दै अदालतमा रिट दायर गरेका छन् । उक्त हस्ताक्षर फिर्ता गर्न एमालेले निर्देशन दिदै आएको छ ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव पारित गरेको हो ।