Homeसमाचारधादिङमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा २ जनाको मृत्यु, ५ गाडीमा क्षति

धादिङमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा २ जनाको मृत्यु, ५ गाडीमा क्षति

Sagun Sandesh

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा गुडिरहेको गाडीमाथि पहिरोमा खस्दा २ जनाको मृत्यु भएको छ ।

लगातारको वर्षासँगै आएको पहिरोले गाउँपालिका–१० जवाङ्खोलामा २ जनाको मृत्यु भएको छ भने पाँच वटा सवारी साधन पुरिएका हुन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार गएराती काठमाडौँ आउँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सह–चालक चितवन भण्डाराका दोर्जे भनिने बिरबल प्रजाको च्यापिएर मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै भारत घर भएकी ४३ वर्षीया सोनी देवीको उपचारको क्रममा पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

सोनी चढेको गाडी पनि पहिरोमा परेको थियो । बिहान १ बजेको पहिरोले ५ वटा गाडीमा क्षति पुर्‍याएको छ ।

बा१२ च ७१५६ नम्बरको म्याजिक, ना७ख ३२० नम्बरको ट्रक, टीएन २८ एए०१२० नम्बरको भारतीय ट्रक, बा१ग २८३१ नम्बरको ट्रकमा पहिरोले क्षति पुर्‍याएको हो ।

बिहान केहीबेर अवरुद्ध बनेको राजमार्ग एकातर्फी खुलेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय