Homeसमाचारबाढी पहिरोबाट घर गुमाएका परिवारलाई सरकारले ५० हजार दिने

बाढी पहिरोबाट घर गुमाएका परिवारलाई सरकारले ५० हजार दिने

Sagun Sandesh

काठमाडौं । गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य प्रकोपमा क्षति भएका घरको पुनर्निर्माण गरिने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहनुभएका पौडेलले विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति पुगेका आवासको पुनर्निर्माण गरिने बताउनुभएको हो ।

पौडेलले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिनुभयो । यस्तै उहाँले राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको टिप्पणीसमेत गर्नुभएको छ ।

पौडेलले बैठकमा प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिँदै सरकारले स्रोत, साधन र शक्ति परिचालन गरेको बताउनुभयो ।

यस्तै ३६ सरकारी कार्यालय, ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताउनुभयो।

मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको उहाँले राष्ट्रिय सभामा जानकारी दिनुभयो।

यस्तै बाढी पहिरोले देशभर ४२ वटा खानेपानी आयोजनामा र २५ जलविद्युत आयोजनामा आंसिक क्षतिपुगेको बताउनुभयो।

गत वर्षको प्राकृतिक प्रकोपमा क्षति भएका ३९४९ परिवालाई प्रति परिवार पहिलो किस्ता वापत ५० हजार अनुदान रकम प्रदान गरिएको उहाँको भनाइ छ ।

यस वर्ष क्षति भएका ५७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासका लागिप्रति परिवार ५० हजार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय