Homeब्रेकिङ न्युजसरस्वती प्रधान र शिक्षा मन्त्रीविरूद्ध रूपाले दर्ता गरेको मुद्दा सुवेदीको इजलासमा

सरस्वती प्रधान र शिक्षा मन्त्रीविरूद्ध रूपाले दर्ता गरेको मुद्दा सुवेदीको इजलासमा

Sagun Sandesh

काठमाडौँ । जातिय विभेद गरेको भन्दै तनहुँकी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र बबरमहलकी घरधनी सरस्वती प्रधानविरूद्ध दर्ता गरेको रिटको सुनुवाई शुरू भएको छ ।

आफू सुनार थर भएकै कारण कोठा नदिएको भन्दै घरवेटी प्रधान र छुवाछूतलाई संरक्षढा गरेको भन्दै शिक्षामन्त्री श्रेष्ठविरुद्ध दर्ता भएको मुद्दाको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ।

रूपाले प्रधानसँगै, शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाउनुभएको छ ।

उहाँको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरिएको छ।

अदालतबाट म्याद थप भई अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन माग गरिएको छ ।

मन्त्री श्रेष्ठविरूद्ध उजुरी दिँदा प्रहरीले लिन नमानेको भन्दै रूपाले उहाँविरूद्धको उजुरी लिएर अनुसन्धान अघि बढाउने आदेश पनि माग गर्नुभएको छ ।

रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो। तर कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रहरीलाई निर्देशन दिएको थियो।

घरबेटी प्रधान भने श्रीमान मुकुन्दको रोहबरमा जमानतमा छुट्नुभएको थियो । उहाँ रिहा भएपछि शिक्षा मन्त्री श्रेष्ठले मन्त्रीकै गाडीमा लिफ्ट दिएर घर लैजानुभएको थियो । शिक्षामन्त्रीले गरेको यो कदमको चौतर्फी आलोचना भएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय