Homeसमाचारभोलिदेखि लामो दूरीका यातायात सञ्चालन गर्न दिइने

भोलिदेखि लामो दूरीका यातायात सञ्चालन गर्न दिइने

Sagun Sandesh

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासनले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। यसअघि साउन १ गतेदेखि लामो दुरीका सवारी अत्यावश्यक पर्दामात्र चलाउन भनी काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरुले निर्देशन जारी गरेका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ ।

जिल्ला प्रशासनको सूचनामा त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको उल्लेख छ। यात्रीहरुलाई टिकट काटेरमात्र यात्रा गर्न आग्रह गर्दै काठमाडौँ प्रशासनले नेपाल सरकारले तोकेको स्वास्थ्यका सबै मापदण्डहरु प्रयोग गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात व्यवसायीहरुलाई अनुरोध गरेको छ।

प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न तथा सुरक्षा अपनाउन अनुरोध समेत गरेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय