काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट सुरक्षाकर्मीबाहेक आफूले राज्यबाट पाउने कुनैपनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । पदभार सम्हालेको १० औं दिनमा आगामी १०० दिनको कार्ययोजना प्रस्तुत गर्दै राज्यमन्त्री श्रेष्ठले यस्तो घोषणा गर्नुभएको हो ।
राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मीबाहेक आवास, गाडी र तलबभत्ता नलिने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिकसमेत सार्वजनिक गर्नुभएको छ ।
राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गर्नुभएकोे ’सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना’मा आगामी माघभित्र ५ करोड २२ लाख खोप प्राप्त हुने उल्लेख छ ।
उहाँले सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धतालाई साकार बनाइ नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पनि बताउनुभयो ।
साथै, उहाँले मन्त्री पदमा रहुञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग रहँदै स्वार्थ नबाँझिने कुनै पनि काम नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
यस्तो छ राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गर्नुभएको २३ बुँदे कार्ययोजना :