Homeसमाचारविधान संशोधन गर्नको लागि एमाले नेताहरु छलफलमा जुटे

विधान संशोधन गर्नको लागि एमाले नेताहरु छलफलमा जुटे

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेको विधान संशोधनका लागि नेताहरु छलफलमा जुटेका छन् ।

एमालेको ओलीपक्षीय केन्द्रीय समिति बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग आज छलफल गर्न लागेका हुन् ।

२०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्न लागिएको एमालेले जनाएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा विधानबारे छलफल हुँदैछ ।

एमालेको हालको विधान संघीय ढाँचा अनुसार छैन । त्यस्तै ७० वर्षे उमेर हद लगायतका विषयहरू र संविधान अनुकूलका संरचनाहरू विधानमा व्यवस्था गर्न बाँकी छ । यीलगायत विधानमा गर्नुपर्ने संशोधन र हेरफेरबारे नेताहरूले एकखालको सहमति गरेपछि मस्यौदा गरिने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीले स्थायी र केन्द्रीय समितिका केही नेताहरुसँग आन्तरिक छलफल गर्न लागेको बताए ।

एमाले केन्द्रीय कमिटीको बैठक शनिबार बस्दैछ । विधान महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरू समेत बनिसकेका छन् ।

नेताहरुका अनुसार पार्टी विधानलाई संघीय ढाँचा अनुसार बनाउने र ७० वर्षे उमेर हदम्याद लगायतका विषयमा छलफल गर्नुपर्ने छ । 

Sagun Sandesh

भर्खरै

लोकप्रिय