काठमाडौं । वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले शपथ ग्रहण गरेकी छिन् । नेपालकै पहिलो मुख्यमन्त्रीको रुपमा उनले बुधबार नियुक्ती लिएकी हुन् ।
संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि मुख्यमन्त्री रहेका डोरमणी पौडेलले राजीनामा दिएसँगै उनलाई दिउँसो संसदीय दलको नेतामा चयन भएकी थिइन् ।
मुख्यमन्त्री नियुक्त भएकी उनको ९ बजे सपथ ग्रहण कार्यक्रम रहेको थियो ।
यससँगै शाक्य नेपालको पहिलो पहिला मुख्यमन्त्री बन्न सफल भएकी छिन् । देश संघीयतामा गएपछि बनेको प्रदेश सरकारमा महिला मन्त्री भएपनि मुख्यमन्त्री बनेका थिएनन् अर्थात यसअघि सातै प्रदेशमा पुरुष मुख्यमन्त्री बनेका थिए ।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्।
नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्।
नेता नेपालले नेकपा एमाले समाजवादी दर्ता गरेसँगै उनले नेपाल पक्ष छाडेकी हुन् ।