Homeब्रेकिङ न्युजनेपालमा आइतबार ८३४ जनामा कोरोना संक्रमण, १२७९ डिस्चार्ज

नेपालमा आइतबार ८३४ जनामा कोरोना संक्रमण, १२७९ डिस्चार्ज

Sagun Sandesh

काठमाडौं । नेपालमा आइतबार ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार २७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो केहिदिन यता नेपालमा कोरोना संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढेको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५८९ जनाको पीसीआर परीक्षणमा ७३० र ५ हजार १४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय