Homeराजनीतिएमालेको केन्द्रीय कमिटि बैठक जारी, नेपाल पक्षद्वारा बहिष्कार

एमालेको केन्द्रीय कमिटि बैठक जारी, नेपाल पक्षद्वारा बहिष्कार

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेको १३ औँ केन्द्रीय कमिटि बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठक एमालेको माधव कुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ ।

केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीको बैठकबाट आवश्यक निर्णय–प्रस्तावको आधारमा मात्र बैठक बोलाउनुपर्ने भन्दै नेपाल पक्षले बैठक बहिष्कार गरेको हो ।

१) नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन तथा त्यसबाट पारित विधान अनुसार एकताबद्धरुपमा अगाडि बढाउनको लागि हामीले निरन्तर प्रयास गर्दै आएका छौं । यही प्रयासको सिलसिलामा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसंग विभिन्न समयमा वार्ता गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नवौं राष्ट्रिय महाधिवेशनबाट गठित केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी एवम् जनसंगठनहरुलाई २०७५ साल जेठ २ गते अघिको अवस्थामा पार्टीको विधानअनुरुप क्रियाशील तुल्याउन लिखितरुपमा ६ बुँदे प्रस्तावसहित आग्रह गरेका थियौं । तर पार्टीको विधान विपरीत गठित ‘दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी’को बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याउने भएकोले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन । वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।

२) नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई एकताबद्धरुपमा अघि बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्छ । केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीको बैठकबाट आवश्यक निर्णय–प्रस्तावको आधारमा मात्र बोलाइनुपर्छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय