Homeराजनीतिदुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने ओलीको घोषणा

दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने ओलीको घोषणा

Sagun Sandesh

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिए एकता नहुने घोषणा गर्नुभएको छ ।

आज बसेको १३ औँ केन्द्रीय समिति बैठकमा २ दिनभित्र सर्वोच्चमा काँग्रेस सभापति शेर बहादुर देउवाको पक्षमा बुझाएको हस्ताक्षर फिर्ता लिन माधव कुमार नेपाल पक्षका सांसदलाई निर्देशन दिदै उहाँले यदि त्यसो नभए पार्टी एकता नहुने घोषणा गर्नुभएको हो ।

यही बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि सोमवार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन ।’

प्रधानमन्त्री समेत रहेका ओलीले हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने बताउँदै भन्नुभयो, ‘यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटेको घोषणा हो’ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

उक्त बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागि हुनुभएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय