काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट्न आग्रह गर्दा नमानेको गुनासो गर्नुभएको छ ।
बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले भन्नुभयो,‘मैले माधवजीलाई फोन गरेको थिए।
उहाँलाई भेटौँ भनेर प्रस्ताव राखेको थिए। तर, उहाँले कुरा गर्न समेत मान्नुभएन।’
नेता नेपालले आफ्नो फोन उठाएर कुरा गर्ने मन समेत नभएको जवाफ दिएको उहाँले बैठकमा राख्नुभयो ।
‘करिब २० मिनेट कुराकानी भयो। उहाँले तपाईंको फोन उठाउने मन त थिएन। तर, साथीहरूको दबावले मात्र उठाएको भन्ने जवाफ दिनुभयो’ ओलीले बैठकमा भन्नुभयो ।