Homeराजनीतिअदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिनेहरू एमाले होइनन्ः प्रधानमन्त्री ओली

अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिनेहरू एमाले होइनन्ः प्रधानमन्त्री ओली

Sagun Sandesh

काठमाडौं । नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मशान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कमिटी १३औँ बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र साउन ५ गते नवीकरण गरिएको विवरण केन्द्रमा पठाउने प्रस्ताव गर्नुभएको छ ।

उहाँले पार्टी विधानअनुसार आगामी वैशाखभित्र पार्टीको १० औँ महाधिवेशन गर्नुपर्ने अनिवार्य व्यवस्था भएअनुसार असारभित्रमा पार्टी सदस्यता नवीकरण गनुपर्ने प्रस्ताव पेश गर्नुभएको हो । यस्तै साउन २५ गतेभित्र विधान महाधिवेशन गर्ने प्रस्ताव समेत पेश भएको छ । विधान महाविधेशनका लागि असार २५ गतेभित्र प्रदेश, जिल्ला, स्थानीय तहमा विधान संशोधनका लागि पठाइसक्ने प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।

यस्तै बैठकमा महासचिव पोखरेलले भदौं ५ गते वडा अधिवेशन र भदौ १५ स्थानीय तहको अधिवेशन गर्न प्रस्ताव पेश गर्नु भएको छ । पार्टीका ३२ विभागलाई चाँडै नै पूर्णता दिन निर्देशन दिइएको छ । महासचिव पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै सर्वोच्च अदालतले पार्टी पहिल्यैकै अवस्थामा पु¥याएपछि आयोजक कमिटिका चारवटा बैठक अन्तरपार्टी निर्देशनअनुसार भएको जानकारी दिनुभयो । यसबीचमा १० वटा स्थायी कमिटी बैठक भएको थियो । यस्तै महासचिवको प्रस्तावमाथि केन्द्रीय सदस्यले बोल्ने क्रम जारी छ । बैठक शुक्रबारदेखि जारी छ ।

अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिनेहरू एमाले होइनन्

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को पार्टीमा जानेलाई पर्खिन नुहने बताउनुभयो ।

बालुवाटारमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जेठ २ मा फर्कियौं भनेको अहिले जे भइरहेको छ त्यही हो भन्दै बैठकमा नआउनेलाई पर्खिन नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जेठ २ मा फर्कियौं भनेको यही हो, जो आउँदैन, अर्को पार्टीमा जान्छ, उसलाई पर्खिने हैन, यात्रामा अगाडि पनि साथी भेटिन्छन्।’

उहाँले शनिबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको टेलिफोन संवादबारे पनि बैठकलाई जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले माधव नेपाललाई भनें, प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्ने हैसियत के हुन्छ, सर्वोच्चको फैसला आउँदासम्म जो जसको हस्ताक्षर (शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हालिएको रिट निवेदनमा) रहन्छ ती एमाले नेता कार्यकर्ता होइनन्।’

Sagun Sandesh

भर्खरै

लोकप्रिय