Homeब्रेकिङ न्युजप्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने

Sagun Sandesh

काठमडौं । संसद् विघटनसम्बन्धी मुद्दाको फैसला यहि असार २८ गते आउने भएको छ।

मुद्दाको बहस सकिएकाले असार २८ गते फैसला आउने संभावना देखिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दाको अर्को पेशी असार २८ गतेका लागि तोकिएको जानकारी इजलासमा गराउनुभयो।

जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिनुभएको छ ।

​प्रतिनिधिसभा विघटनबिरुद्ध परेको रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले सुनुवाई गरेका छन्।

सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदहरुको तर्फबाट जबाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिए। निवेदक तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिएका थिए। ​

जवाफी बहसपछि एमिकस क्युरीले स्वतन्त्र राय दिएका छन्। एमिकस क्युरीबाट बरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका छन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय