Homeब्रेकिङ न्युजएमाले कार्यदलको बैठक जारी

एमाले कार्यदलको बैठक जारी

Sagun Sandesh

काठमाडौं ।नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ ।

सोमबार कार्यदल ब्यूँतिएपछि बसेको यो दोस्रो बैठक हो । हिजाको बैठकले कार्यदलमा नियमित छलफल गर्दे विवाद समाधान गर्ने भन्दै आज बैठक बस्ने सहमति गरेका थिए ।

गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो । यहीँ बीचमा नेताहरूमाथि कारवाही प्रकृया सुरु भएपछि कार्यदल निश्कृय भएको थियो । तर गत आइतबार अध्यक्ष ओली र नेता भीम रावल बीचको भेटवार्तापछि कार्यदल ब्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने विषयमा छलफल भएपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो ।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।

यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

बैठकबाटै अध्यक्ष ओली र नेता नेपालले एकताको सन्देश दिदै संयुक्त बक्तब्य जारी गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय