Homeब्रेकिङ न्युजएमाले कार्यदलको बैठक विना निष्कर्ष सकियो, अर्को बैठक भोलि बस्ने

एमाले कार्यदलको बैठक विना निष्कर्ष सकियो, अर्को बैठक भोलि बस्ने

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका गर्न गठन गरिएको एमाले कार्यदलको बैठक आज विना निष्कर्ष सकिएको छ ।

यद्यपि आजको बैठकले विषय बस्तु प्रवेश गरेको सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलवार ३ घण्टा छलफल भएको थियो ।

आजको बैठकमा बुँदागत रुपमा विषय प्रवेश भएको जानकारी दिदै उहाँले भन्नुभयो, ‘आज विषयवस्तुमा प्रवेश गरेका छौं ।

सदस्यहरूबाट महत्त्वपूर्ण कुरा आएको छ । सकारात्मक ढंगले छलफलको शुरूआत भएको छ ।’ कार्यदलमा संस्थापन पक्षका तर्फबाट सुवास नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलले नेतृत्व गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबाट संयुक्त वक्तव्य आउने भनिएपनि मंगलवारको बैठकमा त्यसबारे छलफल नभएको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति हुन सकेन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको बताइएको छ ।

बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल तथा वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे हुनुहुन्छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय