Homeब्रेकिङ न्युजदेउवा, प्रचण्ड र माधवलाई ५ विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र

देउवा, प्रचण्ड र माधवलाई ५ विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र

Sagun Sandesh

काठमाडौं । पाँचवटा विद्यार्थी संगठनले विपक्षी गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन् । काँग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमाले माधव नेपाल समूहको अखिल, जसपाको विद्यार्थी युनियन र अखिल (छैटौं)ले पूर्वप्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेतालाई सामुहिक रुपमा ज्ञापनपत्र बुझाएको हो ।

पाँच संगठनले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव नेपाललाई भेटेर संविधानको धारा ३१, ३३ र ३५ मा रहेको मौलिक हक कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।

अब जसपा अध्यक्ष उपेन्द्र यादव पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई ज्ञापनपत्र बुझाउने विद्यार्थी संगठनको तयारी छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय