Homeराजनीतिएमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

Sagun Sandesh

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक शुरू भएको छ । बुधबारको कार्यदलको बैठक र अध्यक्ष केपी शर्मा ओली अनि वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलको निष्कर्षका आधारमा आज पनि छलफल गर्ने तयारी छ ।

वार्तास्थल सिंहदरबार आएर माधव नेपाल पक्षको कार्यदल संयोजक भीम रावल नेता रावल भेट्न कोटेश्वर जानुभएको कारण बैठक ढिलो गरी शुरू भएको हो ।

संस्थापनपक्षका कार्यदल सदस्यहरू सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र माधव पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भने केहीबेर अघि नै सिंहदरवार पुगिसक्नुभएको थियो । यसअघि बिहान सिंहदरवारमै विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो ।

बुधबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच काठमाडौँको एक होटलमा हिजो साँझ डेढ घण्टा कुराकानी भएको थियो ।

छलफलमा ओलीले सर्वोच्चमा बुझाइएको नेताहरूको हस्ताक्षर फिर्ता लिन अनुरोध गर्नुभएको र नेपालले एक पक्षीय रूपमा गरिएका निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्नुभएको नेताहरूले बताएका छन् ।

नेपाल पक्षका नेता भीमबहादुर रावलका अनुसार दुवै नेताबीचको वार्ता सकारात्मक भएको छ । पार्टी भित्रका विभिन्न समस्यामाथि गम्भीर छलफल भइरहेकाले गहिराईमै पुगेर सहमतिको प्रयास भइरहेको उहाँको भनाइ छ । वार्तालाई जारी राख्ने र अर्को बैठकमा पुनः छलफल गर्ने सहमति बनेको नेता रावलले जानकारी दिनुभयो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय