Homeब्रेकिङ न्युजनेपाललाई भेटेर प्रचण्डले भने- ‘ओलीले फेरी धोका दिन सक्छन्, सोचेर अघि बढ्नुहोला’

नेपाललाई भेटेर प्रचण्डले भने- ‘ओलीले फेरी धोका दिन सक्छन्, सोचेर अघि बढ्नुहोला’

Sagun Sandesh

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरि फर्कनुभएको छ ।

भेटवार्ताको क्रममा नेपालसँग अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा पनि धोका दिनसक्ने भएको कारण सचेत भएर अघि बढ्न आग्रह गर्नुभएको स्रोतले बतायो ।

एमाले एकता टुंगोमा पुग्नै लागेका बेला शनिबार वरिष्ठ नेता नेपालको निजी निवास कोटेश्वर पुगेर माओवादी अध्यक्ष दाहालले यस्तो आग्रह गर्दै सचेत भएर अघि बढ्न सुझाव दिनुभएको हो ।

ओली विश्वासयोग्य नेता नभएको भन्दै उहाँको भर परेको खण्डमा पछि ओलीले आफ्नो स्वार्थ पूरा भएपछि कहिँकतै फेरी साथ छोडिदिने उहाँको भनाई छ ।

दाहालको सुझाव छ, ‘ओलीजी विश्वासयोग्य नेता होइन। जहाँ जतिबेला पनि धोका हुन सक्छ। यसमा चाहिँ ख्याल गर्नुस्, करिब तीन बर्षको सहकार्यमा हामीले पटक पटक भोग्दै आएको कुरा यही हो’।

दाहालले नेपाललाई पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न समेत आग्रह गर्दे भन्नुभयो, ‘ओलीजीबाट तपाईंहरूलाई फेरि धोका हुन सक्छ, त्यसैले हाम्रो साथ नछोड्नहोस्।’

जवाफमा नेता नेपालले आफू निकटका नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताउनुभएको थियो । नेपालनिकटक स्रोतले भने दुई नेताको भेटबारे विस्तृतमा उल्लेख गर्न चाहेन।

नेता नेपाललाई भेट्न अध्यक्ष दाहाल करिब साढे एघारबजे कोटेश्वर जानुभएको थियो । उहाँहरुवीच करिब १ घण्टा भन्दा बढी वार्ता भएको बताइएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय