Homeब्रेकिङ न्युजएमाले स्थायी कमिटी बैठक बस्दै, ओली र नेपाल भेट हुने सम्भावना

एमाले स्थायी कमिटी बैठक बस्दै, ओली र नेपाल भेट हुने सम्भावना

Sagun Sandesh

काठमाडौं । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

कार्यदलमा सहमति जुट्न ढिलो भएपछि हिजो बोलाइएको बैठक आजका लागि सारिएको हो ।

बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् ।

हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय