Homeब्रेकिङ न्युजप्रतिनिधिसभा बैठक साउन ३ गते बोलाउन सिफारिस

प्रतिनिधिसभा बैठक साउन ३ गते बोलाउन सिफारिस

Sagun Sandesh

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार सर्वोच्च अदालतले ब्युँत्याएको प्रतिनिधिसभाको बैठक साउन ३ गतेका लागि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बस्नेगरी प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय