Homeब्रेकिङ न्युजआजका लागि तोकिएको पूर्व माअ‍ोवादी ४ नेताको रिट सर्वोच्चले हेर्न भ्याएन

आजका लागि तोकिएको पूर्व माअ‍ोवादी ४ नेताको रिट सर्वोच्चले हेर्न भ्याएन

Sagun Sandesh

काठमाडौं । सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ हेर्न नभ्याइने भएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाई तोकिएको उक्त रिट आज सर्वाेच्चले हेर्न नभ्याएको हो ।

सर्वोच्च स्रोतका अनुसार बिहीकार कार्कीले एउटा मात्रै निवेदनको सुनुवाइ गरेर बेलैमा इजलासबाट उठेका हुन्।

नेकपा माओवादी केन्द्रको कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै हिजो सर्वोच्च पुगेका थिए।

गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको उनहिरुको दाबी छ ।

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यी चारैजना नेताहरु पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमालेतिर लागेका थिए।

तर माओवादी केन्द्र त्यागेको भन्दै पार्टीले सांसद पदबाट बर्खास्त गरेको तीन महिनापछि उनीहरु पुनर्बहालीको माग राखेर सर्वोच्च गएका हुन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय