Homeब्रेकिङ न्युजसंसदको चालु अधिवेशन अन्त्य

संसदको चालु अधिवेशन अन्त्य

Sagun Sandesh

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्नु भएको छ ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले साउन ३२ गते राति १२ बजेदेखि लागु हुने गरी राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्नु भएको हो ।

अधिवेशन अन्त्य भएको बेहोरा सभामुख अग्निप्रसाद सापकोटाले संसदमै पढेर सुनाउनु भएको थियो ।

प्रतिनिधि सभाको दोस्रोपल्ट पुनःस्थापनापछि साउन ३ गते पहिलो बैठक बसेको थियो । सोही बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु भएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय