Homeब्रेकिङ न्युजप्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने (पूर्णपाठसहित)

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने (पूर्णपाठसहित)

Sagun Sandesh

काठमाडौं । सरकारले २० प्रतिशत संख्या भएकै आधारमा दल फुटाउन पाउने कानून ल्याइदिएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल फुटेका छन् ।

एमालेको माधव कुमार नेपाल समूहले नेकपा एमाले (समाजवादी) नाम र चुनाव चिन्ह खुला पुस्तक सहित नयाँ दल दर्ताको निवेदन दिएको छ भने जसपाका महन्थ ठाकुरले जसपा लोकतान्त्रिक नाम र साइकल चुनाव चिन्हसहित दल दर्ताको निवेदन दिएका छन् ।

यद्यपि यी दुवै दलहरु आजै दर्ता हुन भने सक्नेछैनन् । दर्ताको निश्चित प्रक्रिया पूरा गरेपछि मात्रै निर्वाचन आयोगले औपचारिक रुपमा नयाँ दलको मान्यता प्रदान गर्ने छ ।

यसअघि ४० प्रतिशत केन्द्रीय सदस्य र संसदीय दलका सदस्यहरु भए मात्र दल फुटाउन पाइने थियो । तर अध्यादेश अनुसार २० प्रतिशत संख्या मात्र भए पुग्छ । अब केन्द्रीय सदस्य र संसदीय दलका सदस्यहरुमध्ये कुनै एकको २० प्रतिशत भए दल विभाजन गर्न पाइन्छ । दुवै तफै जरुरी छैन ।

२१ दिनभित्र दल रोज्न पाउने
यस्तै अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले एक्काइस दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।

‘छुट्टै दल गठन भएमा त्यस्तो दल गन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन’ दल दर्ता अध्यादेशको दफा ३३ को उपदफा २ मा थपिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशले दफा ३३ मा संशोधन गरेको छ । सो दफामा रहेको ‘केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले’ भन्ने शब्दहरुको सट्टा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसदको संसदीय दलको बीस प्रतिशत वा सो भन्दा बढी सदस्यले एकैपटक’ भन्ने शब्दहरु राखिएका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय