Homeराजनीतिवाग्मती प्रदेशमा ट्वीस्टः अष्टलक्ष्मी मुख्यमन्त्री बन्दै, नेपाल पक्ष छाडिन

वाग्मती प्रदेशमा ट्वीस्टः अष्टलक्ष्मी मुख्यमन्त्री बन्दै, नेपाल पक्ष छाडिन

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधव नेपालको साथ छाडेकी छन् ।

वाग्मती प्रदेशको मुख्यमन्त्रीको अफर आएपछि उनले नेपाल पक्ष छाड्ने निधो गरेकी हुन् ।

शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उनलाई आजै साँझ वा भोलि विहानसम्म वागमतिको मुख्यमन्त्री बनाइने भएको छ ।

उनलाई संसदीय दलको नेता चयन गरिएको छ । यसअघि नै मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता डोरमणी पौडेलले राजीनामा दिइसकेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई चयन गर्ने प्रस्ताव गरेका थिए ।

बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ। बहुमत प्राप्त दलको संसदीय दलको नेता स्वत: मुख्यमन्त्री बन्ने व्यवस्था छ ।

यसअघि उनलाई मुख्यमन्त्री बनाउन जोडबल गरिएपनि अध्यक्ष केपी शर्मा ओलीले मानेका थिएनन्। शाक्य यसअघि नेपाल पक्षमा थिइन्।

एमाले स्थायी कमिटी सदस्य समेत रहेकी शाक्य एमालेमा अध्यक्ष ओलीको प्रखर विरोधीका रुपमा चिनिएकी थिइन्। नेपालपक्षमा खुलेर लागेकी उनी पछिल्लो समय भने नेपालसँग टाढिँदै गएकी थिइन्। नेपालले नयाँ पार्टी गठन गर्ने तयारी गर्दा उनले आफू विभाजनमा नलाग्ने बताएकी थिइन्।

एमाले औपचारिक रुपमा विभाजन भएपछि त्यसको प्रत्यक्ष प्रभाव वाग्मती प्रदेशमा देखिएको हो । माधव कुमार नेपालले एमाले पार्टी फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् ।

नेकपा एमाले समाजवादी नाम र खुला किताव चुनाव चिन्ह रहने गरी नयाँ दल दर्ताको निवेदन दिन नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय