Homeब्रेकिङ न्युजबीजेपी नेता चौथाइवाले र ओलीबीच भेट

बीजेपी नेता चौथाइवाले र ओलीबीच भेट

Sagun Sandesh

काठमाडौं । सत्तारुढ भारतीय दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवोलेले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

ट्वीटमार्फत उनले भेटमा नेपाल र भारतबीच द्धिपक्षीय सम्बन्ध कुरा भएको जानकारी गराएका छन् ।

उनले आइतबार बेलुका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

नेपाली कांग्रेसको निम्तोमा काठमाडौं आएका चौथाइवालेले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ ।

चौथाइवालाले बीजेपीको भातृ संगठन स्वयंमसेवक संघ (आरएसएस)ले आज काठमाडौंमा आयोजना गर्ने एक कार्यक्रममा सहभागि हुने जनाइएको छ । आठ महीनापछि चौथाइवाले काठमाडौं आएका हुन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय