Homeब्रेकिङ न्युजमाधवको पार्टीले मान्यता पायो, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा

माधवको पार्टीले मान्यता पायो, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा

Sagun Sandesh

काठमाडौं । नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालले दर्ता गर्न निवेदन दिएको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले वैधता प्राप्त गरेको छ ।

निर्वाचन आयोगले एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए ।

नेपालको पार्टीको केन्द्रीय कार्यालय नया बानेश्वर तोकिएको छ ।

सम्बन्धित् लेख

Sagun Sandesh

भर्खरै

लोकप्रिय