Homeराजनीतिनिरौलाको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन

निरौलाको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन

Sagun Sandesh

काठमाडौँ– सरकारले सुकुम्बासी समस्या समाधान गर्न भन्दै राष्ट्रिय भूमि आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो । नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरिएको हो । नवनियुक्त अध्यक्ष निरौलाले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरु समाधान गरिने बताए । उनले दलित भूमिहीन र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गरिने बताए । उनले सुकुम्बासीको नाममा धेरै समस्याहरु रहेको भन्दै यी सबै समाधान गरिने बताए ।

ओली सरकारले गठन गरेको भूमि आयोगलाई देउवा सरकारले खारेज गरेको थियो । एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिएको थियो । ज्ञवालीले नेतृत्वको आयोगले ७७ जिल्लामा काम सुरु गरेको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय