काठमाडौं । नेपालमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्ष्या २४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौँ, धादिङ र धनुषामा थप संक्रमित भेटिएका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार काठमाडौँ, दहचोक निवासी ७ बर्षीय पुरुष; जनकपुर, धनुषा निवासी १७ बर्षीय महिला र धादिङ निवासी ३० बर्षीय महिला रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताएका छन्।