नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ६७ पुगेको छ।
नयाँ कोरोना पुष्टि हुनेमा पर्सा, वीरगन्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा-४,५ र तुल्सीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष, काठमाडौ सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना देखिएको जनाइएको छ ।