Homeब्रेकिङ न्युजनेपालमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, सिराहामा पनि भेटिए संक्रमित

नेपालमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, सिराहामा पनि भेटिए संक्रमित

Sagun Sandesh

नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बर्दियाको नार्खु-११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । 

Sagun Sandesh

भर्खरै

लोकप्रिय