काठमाडौँ । युवराज मगर र मलिना राईको स्वरमा गीत ‘शीतल शीतल’ सार्वजनिक भएको छ । प्रकाश सपुतको शब्द रहेको गीतमा मगरले नै सङ्गीत गरेका छन् ।
सान थापा निर्देशित भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन् ।
भिडियो छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् भने सुबेक्षा मगर भारती र नाजिर हुसेनको अभिनय रहेको छ ।