Homeस्वास्थ्यअस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’ गर्न मन्त्रालयकाे निर्देशन

अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’ गर्न मन्त्रालयकाे निर्देशन

Sagun Sandesh

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताउनुभयो । उहाँले समन्वय गर्दा बिरामीलाई सहज हुने बताउनुभयो । 

समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन दुई चार वटा अस्पताल जानुपर्ने बाध्यता र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा। अधिकारीले बताउनुभयो । रासस

Sagun Sandesh

भर्खरै

लोकप्रिय